Sunday 23 August 2026 / आईतवार, ७ भाद्र २०८३

रुपन्देही,लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय स्थापनाको तयारी भइरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको समन्वयात्मक बैठकमा मुख्यमन्त्री केसीले विश्वविद्यालय स्थापना गरी अनुसन्धानात्मक शिक्षा प्रदान र विश्व बजारमा विकाउ जनशक्ति उत्पादनका लागि प्रदेशमा विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेकामा जोड दिनुभयो । यसै चौमासिकमा कार्य थालनी गर्नका लागि शिक्षा मन्त्रालयलगायत अन्य सरोकारवाला निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री केसीले प्रदेशस्तरको विश्वविद्यालय बनाउँदै लुम्बिनी प्रदेशको सपना साकार बनाउन जरुरी रहेको बताउनुभयो ।

मुख्यमन्त्री केसीले अनुसन्धानात्मक विषयमा अध्यापन गराउँदै छिटो देखिने गरी परिणाम दिन आवश्यक रहेकामा जोड दिँदै प्रदेशमा विश्वविद्यालय सञ्चालनका लागि भूगोल, वातावरण, जमिनको उपलब्धतालगायतका हिसाबले दाङको बङ्गालचुली गाउँपालिका उत्तम हुने बताउनुभयो । गोष्ठी एवं समन्वयात्मक बैठकमा काठमाडाँै विश्वविद्यालयका प्राध्यापाक लक्ष्मण ज्ञवालीले नेपालका विश्वविद्यालयमा प्रमाणपत्र दिने काम मात्र पहिलो प्राथमिकताका साथ अगाडि बढेको भन्दै अबका दिनमा अनुसन्धानमूलक शिक्षा प्रदान गर्ने थलोका रुपमा विकास गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय