Monday 13 July 2026 / सोमबार, २९ असार २०८३

इटालि,
इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई २(० ले पारजित गरेको हो । जितपछि इन्टरले सहरी प्रतिद्वन्दी एसी मिलानसँग अंक बराबरी गरेको छ ।

इन्टरको जितमा आर्टुरो भिडाल र निको बरेल्लाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । मिलानो इटालीमा आइतबार राति भएको खेलको १२औं मिनेटमा भिडालको गोलबाट घरेलु टोलीले १–० को अग्रता बनाएको थियो । खेलको १२औं मिनेटमै भिदालले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा बरेलाले गोल गरे ।

युभेन्टसले अग्रपङ्तिमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटालाई खेलाएपनि उनीहरुको प्रदर्शन फितलो बन्यो । सिरी ‘ए’ मा युभेन्टसको यो दोस्रो हार हो ।

युभेन्टसमाथिको जितसँगै इन्टरले शीर्षस्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । इन्टरको १८ खेलबाट ४० अंक पुगेको छ । एक खेल कम खेलेको मिलानको पनि ४० अंक छ । पराजित युभेन्टस १७ खेलबाट ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय