काठमाडौं, कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ । बिहीबार बस्ने आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा परीक्षा के गर्ने भन्ने विषयबारे आन्तरिक छलफल भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिरहेका छौं, अब के गर्ने भनेर आयोगमा अनौपचारिक छलफल शुरु भएको छ ।’


