Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौँ : नायिका रेखा थापाले आउने वैशाखमा बिहे गर्ने तयारी गरेकी छन्। चलचित्र निर्माता छविराज ओझासँग एक दशकअघि सम्बन्ध विच्छेद गरेकी रेखाले दोस्रो विवाह गर्न लागेकी हुन्।

त्यसयता मित्रपार्कस्थित अपार्टमेन्टमा बसिरहेकी रेखा स्वयंले आफू अर्को घरजम गर्ने तयारीमा रहेको जानकारी यसअगाडि नै सार्वजनिक गरिसकेकी छन्। तर उनले आफ्नो बिहे आउने वर्ष हुने मात्र भनेकी छन्।

स्रोतका अनुसार उनले नयाँ वर्षको वैशाखमै बिहे गर्ने तयारी गरिरहेकी छन्। धेरै तामझाम नगरी सामान्य तरिकाले बिहे गर्ने योजनामा रेखा रहेको स्रोतको भनाइ छ।

रेखा केही समयदेखि प्रेममा छिन्। रेखाले तिनै प्रेमीसँग बिहे गर्ने भएकी हुन्। तर उनका प्रेमीको नाम अहिलेसम्म खुलाएकी छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय