काठमाडौं, मार्कुस रासफोर्डले खेलको अन्तिम समयमा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा वेष्टह्यामलाई १-० ले पराजित गरेको छ ।
रासफोर्डले खेलको अन्तिम समयमा थप गरिएको तीन मिनेट इन्जुरी टाइमको अन्तिम मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यस जितपछि युनाइटेड वेष्टह्यामलाई नै पछि पार्दै अंकतालिकाको चौथो स्थानमा उक्लेको छ । युनाइटेडले २२ खेलबाट ३८ अंक जोडेको छ । २३ खेल खेलिसकेको वेष्टह्याम ३७ अंकसहित पाँचौ स्थानमा छ



