काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन्। अहिले कोही पनि सदस्य राप्रपाभित्र असन्तुष्ट हुने अवस्था छैन।
निवर्तमान अध्यक्षजीसँग केही विषय छन् त्यसबारेमा हामी छलफलमै छौं। निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको पनि उनले बताए। यो विषयलाई भविष्यमा टुंगोमा पुर्याइने उनको भनाइ छ।



