काठमाडौं, अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए ।



