काठमाडौँ ः स्वस्तिश्री गुरुकुलद्वारा आयोजित प्रथम खुल्ला यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि रिब्स स्कुलले जितेको छ ।
रिब्स स्कुलले स्वस्तिश्री गुरुकुललाई पेनाल्टी सुटआउटमा २–० ले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । स्वस्तिश्री गुरुकुलको फुटसलको कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा १–१ को बराबरी भएको थियो ।
त्यसपछि पेनाल्टीमा रिब्सले बाजी मारेको हो भने आयोजक स्वस्तिश्रीले उपविजेतामा नै चित्त बुझाउनु प¥यो । आर्दशविद्या मन्दिर (एभिएम्) ले दी एक्ससेल्सर स्कुललाई पराजित गदै तेस्रो स्थान हासिल गर्न सफल भयो । स्वस्तिश्री गुरुकुल स्कुलका दिप खत्री प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने रिब्स् स्कुलका आयुष के.सी. उत्कृष्ट गोल रक्षक चुनिए । यसैगरी युरो स्कुल छाउनीले फेयर प्ले ट्रफी हात पार्न सफल भयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा स्वस्तिश्री गुरुकुलका फुलबल दूत श्री अनिल गुरुङ ज्यू, यसै विद्यालयका संस्पाथक अध्यक्ष रामकृष्ण चित्रकार र प्रबन्ध निर्देशक मिना महर्जनद्वारा उद्घाटित प्रथम खुल्ला यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगितामा काठमाडौ उपत्यकाका उत्कृष्ट विद्यालयहरुले सहभागि जनाएका थिए । तीनदिन सम्म सञ्चालित फुटसल प्रतियोगितामा सहभागि टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो ।
पहिलो दिन लिक चरण, दोस्रो दिन नकआउट चरण र सेफिफाइनल तथा अन्तिम दिन फाइनलको खेल भएको थियो । स्वस्तिश्री गुरुकुल विद्यालयका संस्पाथक अध्यक्ष रामकृष्ण चित्रकारको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला ज्वाला हुनुहुन्थ्यो । कार्यक्रममा एन्फाका महासचिव इन्द«मान तुलाधर र नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहन बहादुर कार्कीको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक प्रविण मोत्तान, विद्यालय संयोजक हरिप्रसाद सञ्जेल, अतिरिक्त क्रियाकलाप संयोजक राकेश कुमार राई, आइ.बी.पी.वाइ.पी संयोजक मक्सुद आलम लगायतको उपस्थिति थियो । उक्त कार्यक्रमको संचालन विद्यालयका सुचना तथा सञ्चार निर्देशक चिराग वाङ्देलले गर्नुभएको थियो ।



