६ चैत, २०७८,
क्रिप्टोकरेन्सीको विज्ञापनमा देखिएपछि अभिनेत्री प्रियांका कार्कीमाथि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले सोधपुछ गरेको छ । निगरानी बढाएको छ ।
नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीसम्बन्धी सामाजिक सञ्जालमा देखिएको विज्ञापनमा उनको तस्वीर देखिएको छ ।
कार्कीलाई आइतबार सिआइवीले बोलाएरै सोधपुछ गरेको हो । उनको तस्वीर दुरुपयोग भएको हो वा आफैँ प्रयोग गर्न अनुमति दिएको हो भनेर प्रहरीले अहिले अनुसन्धान गरिरहेको जनाइएको छ ।


