Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको मिष्टर एण्ड मिस नेपाल टिन २०२२ फाइनल प्रतिस्पर्धामा सृष्टि महर्जनले प्रतियोगिताको विजेता भई मिस नेपाल टिन युनिभर्स २०२२को रुपमा ताज पहिरिन सफल भएकी छिन् । उनले अमेरिकाको मियामीमा संचालन हुने मिस टिन युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् । प्रतियोगितामा उनले ट्यालेन्ट र भ्युअर च्वाइस विधाको अवार्ड पनि जित्न सफल भइन् । प्रतियोगितामा सृष्टि भुषाल मिस नेपाल टिन चार्मका रुपमा घोषित भइन् । उनले पिपल्स च्वाइस र मिस इन्टिलेक्चुयल विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित गरिन् । सिवानी कापरले भने मिस नेपाल टिन हेरिटेजको ताज पहिरिन् । सिवानी मल्टिमिडियाको विधाको विजेता चयन भएकी थिइन् ।

अभ्यानी प्रोडक्सनको ब्यानरमा एसपिएम क्रिएशनको सहकार्यमा संचालन भएको यो प्रतियोगितामा मन्दिप भुषाल मिष्टर नेपाल टिन २०२२ का रुपमा चयन भए । मन्दिपले भ्युअर च्वाइस र वेष्ट वाकको अवार्ड पनि जितेका छन् । प्रतियोगितामा प्रयास ओझाले मल्टिमिडिया अवार्ड सहित फस्ट रनर अप तथा निशान वाइवा ट्यालेन्ट र पिपुल्स च्वाइस अवार्ड सहित सेकेन्ड रनर अप छानिएका थिए । काठमाडौं महानगर पालिकाका पूर्व मेयर राजाराम श्रेष्ठको प्रमुख आतिथ्य र राजनीतिकर्मी डा. गोविन्द राज खनियाँको विशेष आतिथ्यमा सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रमको कोरियोग्राफी पवन आचार्यले गरेका हुन् भने उनलाई कोरियोग्राफीमा सोनिया आरएल शाहले सहयोग गरेकी थिइन् । प्रतियोगिताका सहभागिहरु फेसन डिजाइनर सिमोन पण्डितले तयार पारेका पहिरनमा मञ्चमा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय