Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

१६ औं ब्याचका ८२ जना विद्यार्थी फेसन डिजाइनहरुका ९३ उत्कृष्ट सृजनाहरु । सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरुले आउँदो चैत्र २३ गते बूधबारका दिन काठमाडौंको सोल्टीमोडस्थित होटल सोल्टी काठमाडौंको प्रेक्षालयमा एउटा भव्य फेसन कार्यक्रमका वीच अवलोकनका निर्देशित स्थान र मितिका लागि साइत पाएको छ । नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अद्धितिय प्रतिबिम्ब शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाउन लागेको हो ।

एघारवटा विभिन्न कलेक्सन अन्तर्गत प्रस्तुत हुने उक्त फेसन कार्यक्रममा ८२ वटा रेगुलर तथा ११ वटा क्रिएटिभ डिजाइनका पहिरनहरु प्रस्तुत हुनेछन् । २३ जना युवती मोडलहरु र ८ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न हुने उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १६औं ब्याचका ८२ जना विद्यार्थी डिजाइनरहरुको जिम्मेवारीमा सम्पन्न हुनेछ । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका छन् । कार्यक्रममा बेलिनी बाइकले पावर्ड बाइको रुपमा प्रायोजन गरेको छ भने मेकअप दरबार ग्रुमिङ पार्टनरका रुपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय