Friday 21 August 2026 / शुक्रबार, ५ भाद्र २०८३

६ वैशाख।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा रहेको बताउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सुर्खेतमा उहाँले दक्ष जनशक्ति उत्पादन गरी मुुलुकलाई समृद्धिको मार्गचित्रमा डो¥याउने दायित्व विश्वविद्यालयको रहेको बताउनुभयो ।

विश्वविद्यालयका सह–कुलपतिसमेत रहनुभएका मन्त्री पौडेलले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानूनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताउनुभयो ।

“माध्यमिक, उच्च शिक्षा र व्यावसायिक तथा प्राविधिक शिक्षालाई व्यवस्थित गर्न ५५ बुँदे सुधारको मार्गचित्र अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “तीनै तहका शिक्षा प्रणालीलाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको शैक्षिण गुणस्तर अभिवृद्धि गर्न सरकारले शैक्षिक पुनःसंरचनामा जोड दिएको छ ।”

उहाँले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन र प्रतिष्ठानलाई व्यवस्थित गर्न बनेको ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिनुभयो ।

शिक्षासम्बन्धी यी ऐन बनेपछि समग्र शैक्षिक प्रणालीमा सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयको पुनःसंरचनाको जरुरी रहेको भन्दै मन्त्री पौडेलले शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

यसका लागि सरकारले सातवटै प्रदेशमा मेडिकल शिक्षा पढाइ हुने कलेज स्थापना गर्ने प्रक्रिया थालनी गरेको तथा १४० वटा विद्यालयमा पढ्दै–कमाउँदै कार्यक्रम लागू गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय