Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

कैलाली, मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् ।

अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली आज खेल्दैछन् । मङ्गलबार भएको सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४५–१२ अङ्कले तथा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३७–३२ अङ्कले पराजित गरेको हो ।

उपाधि विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु ८० हजार र सेमिफाइनलमा स्थान बनाएका दुई टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय