Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

नेवार समुदायका युवतीहरुमा लक्षित साँस्कृतिक सौन्दर्य प्रतियोगिताका रुपमा विगत पन्ध्र वर्ष देखि संचालन हुँदै आएको मिस नेवाः नेपालको १६ औं संस्करण भव्यता पूर्वक सम्पन्न भएको छ । राजधानी शहरको प्रज्ञा भवनको डबलीमा सम्पन्न भएको सो प्रतियोगितामा अन्तिम चरणमा पुग्न सफल पाँच प्रतिस्पर्धी मध्ये सर्वोत्कृष्ट प्रस्तुति दिएसंगै चःमति निवासी सलिना महर्जनले नेपाल टेलिकम मिस नेवाः नेपाल ११४२ को ताज आफ्नो शीरमा सजाउन सफल भएकी हुन् । उनलाई गत वर्षका विजेता कृषा महर्जन उपाधि हस्तान्तरण गरेकी थिइन् । उपाधि विजेता भएसंगै सलिनाले नगद पुरस्कार रु एक लाखका साथै नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका सद्भावना दूतका रुपमा नियुक्ति प्राप्त गरिन् । नेप्लीज् फेसन होमको आयोजनामा संचालन भएको प्रतियोगितामा काठमाडौं ठमेलकी सविना बज्राचार्य फस्ट रनर्स अप चयन भइन् भने भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्स अप छनौट भइन् । युएनक्स डान्स स्टुडियोका रेजिशा डंगोलको निर्देशनमा नेवार समुदायको साँस्कृतिक परिवेश झल्काउने स्वागत नृत्य प्रस्तुत गरेका सहभागिहरु आईसी कलेज अफ आर्ट एण्ड फेसनका २०२१ ब्याचका फेसन डिजाइनिङका विद्यार्थी डिजाइनरहरुले तयार पारेका आकर्षक पहिरनहरुमा सजिएर प्रतियोगिताको शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगिताको संयोजनका जिम्मेवारी मिस नेवाः ११४१ कृषा महर्जन र फस्ट रनर्स अप प्रिया तण्डुकारले सम्हालेका थिए ।
पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठको प्रमूख आतिथ्यता तथा नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न प्रतियोगितामा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मूख्य निर्णायक तथा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, पासा पुचः गुठी युकेका अध्यक्ष ओजेश सिंह, नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गायक प्रवेशमान शाक्य, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य, माँ बंगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, लायन्स क्लब अफ काठमाडौं एलका डिष्ट्रीक गर्भनर मनीश्री रत्न बज्राचार्य र व्युटिसियन मञ्जु कार्की पाण्डे निर्णायक रहेका थिए ।
प्रतियोगितामा सृजला महर्जनले मिस ट्यालेन्ट अवार्ड प्राप्त गर्दा श्रृया महर्जनले ट्यालेन्ट विधामा फस्ट रनर अप स्थान हासिल गरिन् । यसैगरी लुमन्ती महर्जन वेष्ट नेपाल भाषा, आस्था श्रेष्ठ सोसल वेलफेयर एम्सेसडर चिफ र अतृषा महर्जन सोसल वेलफेयर एम्बेसडर चिफ फस्ट रनर्स अप, शिला प्रजापति वेष्ट ड्रेस, श्वेच्छा महर्जन पब्लिक च्वाइस अवार्ड विजेता छानिएका थिए । यसैगरी स्नेहा श्रेष्ठ वेस्ट स्माइल र मिस डिसिप्लीन, विजेता बज्राचार्य मिस पर्सनालिटी र मिस फोटोजेनिक, सिर्जुला महर्जन वेष्ट हेयर, किर्तिका दुवाल वेष्ट स्कीन, नेहा माली मिस चार्मिङ तथा विशेषता मानन्धर फ्रेन्डशीप विधामा विजेता घोषणा गरिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय