Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौँ, २३ वैशाख ।
हास्यव्यंग्यको क्षेत्रमा चर्चा कमाउनुभएका अभिनेता तथा हास्य सिरियलका निर्देशक शिवहरि पौडेलको डेब्यु निर्देशनमा बनेको चलचित्र लक्का जवान आज शुक्रबारबाट अल नेपाल रिलिज भएको छ ।

पारिवारिक कथा जोडेर व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको फिल्ममा उहाँकै कथा र पटकथा रहेको छ भने दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, स्वयं शिवहरि पौड्याल, किरण केसी, राजाराम पौडेल, नरेन्द्र कंशाकार, देशभक्त खनालको अभिनय छ ।

कलाकारहरु सुशिल पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाल, अनसुया श्रेष्ठ, सविता गुरुङ, अञ्जु महर्जन, रवि डंगोल, मुकुन्द मैनाली, रमेश केसी, धनीराम मुस्कान, मनिषा श्रेष्ठ, विमला गिरी, विनोद केसी, स्वस्तिका लामिछाने, नीरज नेपाल, डोल्मा ह्योल्मो, अनुपमा भण्डारी, ओजश्वी थापा र मदनकृष्ण श्रेष्ठले पनि अभिनय गर्नु भएको छ ।

फिल्ममा डीपी खनाल र बाबुल गिरीको गीत, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

लक्का जवान विशुद्ध अर्गानिक फिल्म भएको शिवहरिले बताउनुभएको छ। ‘जुन हाम्रै घर परिवार समाज र माटो सुहाउँदो कथामा निर्मँण भएको छ।

फिल्म ८० प्रतिशत हाँसोले भरिएको छ भने बाँकि बीस प्रतिशतले चाहिँ समाजमा साँच्चै यस्तो घटना भए के होला भन्ने सोच दर्शकमा आउने छ’ पौडेलले भन्नुभयो ।

आजको शुरुवाती प्रदर्शनमा दर्शकहरुको राम्रो उपस्थिति रहेको जनाइएको छ । आमा बंगलामुखी फिल्मको व्यानरमा फिल्म बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय