हालै ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको मिस टिन नेसन २०२२को फाइनल प्रतिस्पर्धामा सायुरी श्रेष्ठले शीर्ष उपाधि जित्न सफल भएकी छिन् । १६ जना प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा सायुरीले शीर्ष उपाधि बाहेक फोटोजेनिक अवार्ड पनि आफ्नो नाममा लेखाउन सफल भइन् । प्रतियोगितामा पर्सनालिटी विधाको अवार्ड सहित ईभा जर्ज फस्ट रनर्स अप तथा भ्युअर्स च्वाइस अवार्ड सहित एरिसा खड्गी सेकेन्ड रनर्स बन्न सफल भएका थिए । 
टिनएजर उमेरका युवतीहरुको समग्र सशक्तिकरणमा सघाउ पु¥याउने उद्देश्य अनुरुप आयोजना गरिएको सो प्रतियोगितामा जुवाना पाण्डे म्यानेज्मेन्ट च्वाइस, सोनी गुरुङ पब्लिक च्वाइस, सजिना तामाङ ट्यालेन्ट, कृतिका उप्रेती वेष्ट वाक र मिस स्टाइलिस, युनिका हमाल कन्जिनिलियाटी र भावना राई चार्मिङ विधातर्फ विजेता छनौट भएका थिए । एमी इन्टरटेन्मेन्टको ब्यानरमा संचालन भएको सो प्रतियोगितामा एभिएसन क्षेत्रका संगीता रौनियार, इभेन्ट क्षेत्रका धीरज तण्डुकार र साहिल खान, इन्टरनेसनल मोडलको परिचय बोकेका दिपक घिमिरे तथा मिस टिनएजर नेपाल रनर्स अप दिक्ता थापा मगर निर्णायकका रुपमा रहेका थिए ।


