Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

आईसी कलेज अफ आर्ट एण्ड फेसनका १८ औं ब्याचको पाँचौं सेमेष्टरमा अध्ययनरत ७४ जना विद्यार्थी डिजाइनरहरुले आफ्नो परिकल्पना र सृजनात्मक अभिव्यक्तिलाई फेसन रनवेको थ्री मोडल डिजाइनमा प्रस्तुत गरेका छन् । बीए अनर इन् फेसन एण्ड रिटेलिङ अन्तर्गतको फेसन इभेन्ट म्यानेज्मेन्ट विषयभित्रको एउटा अध्यायको रुपमा सो थ्रीडी मोडल प्रस्तुत गरिएको हो । विद्यार्थी डिजाइनरहरुको यो कार्यलाई उनीहरुको परिकल्पना, सोच, सृजनात्मक अभिव्यक्ति, थ्रीडी मोडल तयार पार्नका लागि प्रयोग गरिएका विभिन्न वस्तुहरु तथा थ्रीडी मोडलको समग्र स्वरुप, आकर्षण, बनावटलाई ध्यानमा राखेर मुल्यांकन गरिएको थियो । विद्यार्थीहरुको सो प्रस्तुतिलाई उल्लेखीत विषयका फ्याकल्टी, फेसन कोरियोग्रफर तथा संचारकर्मी रोजिन शाक्यले मुल्यांकन गरेका थिए । विभिन्न १६ समूहमा विभाजित विद्यार्थीहरुले आ आफ्नो समूहको थ्रीडी मोडल प्रस्तुत गरेका थिए । फरक फरक स्वरुपका आकर्षक बनावट, आकार प्रकार तथा सुन्दर डिजाइनका फेसन रनवेको थ्रीडी मोडलहरु विभिन्न थीमबाट अभिप्रेरित थिए । जस अन्तर्गत जापानको प्राचीन शहर क्योटो देखि नेपालको मुस्ताङस्थित मार्फा गाउँसम्मको अभिप्रेरणा थियो । यसैगरी भोयाज, हिमालय, फूलबारी, जापानीज कल्चर, एलजिबिटी प्राइड, नाइटमेर, फुटसल, ब्ल्याक बीच अन्य प्रेरणाका श्रोतका रुपमा रहे । नेपालको गाँउघर तथा जंगल, रेड रुम, यिङचीको जीवनशैली, इजिप्टसियन शैली, लुडो, चेस तथा तासको खेल, ज्यामितिय आकार पेन्टागन पनि फेसन रनवे थ्रीडी मोडलको प्रेरणा श्रोतका रुपमा रह्यो ।
जापानको प्राचीन शहर क्योटोबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः रुबिना गुरुङ, संजिता श्रेष्ठ, सोनिया शाक्य र तिजेन इङनाम ।

भोयाज अर्थात् यात्राबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः जुनैद सिष्टी, रोमन श्रेष्ठ, अलिशा लामा र मोहम्मद नुरुल हक अन्सारी ।

हिमालयबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः निशेल राई, सुनिता सुन्दास, छुुनु न्यौपाने र मिरा शाही ।

बगैंचाबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः श्रेया चोछेँ, सोनिया सिग्देल, पार्वती श्रीस र सालु तामाङ ।

जापानीज रक गार्डेनबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः जेनिशा अवाल, ओजस्वी आचार्य, रगिसा खड्का र नेहा अर्याल ।

प्राइडबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः एन्जिला श्रेष्ठ, महिमा श्रेष्ठ, आलोक अर्याल, अनिशा मिश्र र पाल्डेन दोर्जे शेर्पा ।

नाइटमेरबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः वर्षा राई, अश्मिता भण्डारी, प्रियंका लामा, बिनु राउत र चाँदनी आचार्य ।

फुटसलबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः सुमिना महर्जन, सोमिना श्रेष्ठ, संगीता यावा, मलिका भैला र योजना बस्नेत ।

ब्ल्याक बिचबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः अन्जली कान्डोई, नफिसा खातून, मारिया सामद, प्रकाश सार्की र श्रृष्टि चालिसे ।

नेपालको प्राकृतिक सुन्दरताबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः सेलिना दाहाल, नम्रता भण्डारी, आश्मा गैरे, सोनी कुमारी गुरुङ, अनु दाहाल र सुलोचना रोकाह

रेड रुमबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः श्रेया श्रेष्ठ, नुमा सम्बाहाम्फे, राधिका थापा र आकृति खाती ।

यीङछिको जीवनशैलीबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः प्रज्ञा राई, कृष्टिना श्रेष्ठ, अस्मिता सेन, लाक्पा नगरकोटी र अलिशा बोहरा ।

इजिप्टिसियन स्टाइलबा प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः धन कुमारी जिटी, अन्जली हमाल, रोशी श्रेष्ठ र बिनिता जिम्बा ।

मुस्ताङस्थित मार्फा गाउँबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः मुस्कान अग्रवाल, लरिसा के.सी., प्रजिता श्रेष्ठ र मेघावी श्रेष्ठ ।

चेस, लुडो र तास खेलबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः जिज्ञासा त्रिपाठी, कृपा ओली, अस्मिता न्यौपाने, विस्मिता तिमिल्सेना र रितु पौडेल ।

ज्यामितिय आकार पेन्टागनबाट प्रेरित थ्रीडी फेसन रनवे मोडल । सृजना गर्नेहरु ः प्रविता तामाङ, सलिना नगरकोटी, रन्जिता गुरुङ, समिक्षा थापा मगर र यशी डोल्मा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय