Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

नवल खड्काको अभिनय र निर्देशनमा तयार भएको चलचित्र ‘काँडेतार’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा नवलको कथा र लगानी पनि छ । मक्किको राई र अञ्जु केसी निर्माता रहेको चलचित्रमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, प्रेम सुब्बा, संजय खतिवडा, प्रशान्त तामाङ, मुरलिधर लगायतका कलाकारको अभिनय छ ।

सामाना फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ । चलचित्रको टिजरमा सिमाना विवादका कारण नेपाल र भारतविच हुने गरेको झगडा, सिमानामा काँडेतार लगाउनुपर्ने बिषयलाई उठान गरिएको छ ।

यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय