Thursday 15 October 2026 / बिहीबार, २९ आश्विन २०८३

काठमाडौँ– अभिनेत्री स्वस्तिमा खड्का हिजोआज निकै व्यस्त छिन्। फिल्म, म्युजिक भिडियो, विज्ञापन सबैतिर उनलाई भ्याईनभ्याई छ।

असार ३ मा उनी अभिनीत फिल्म ‘चिसो मान्छे’ रिलिज हुँदैछ। सार्वजनिक हुन चार दिनमात्र बाँकी रहँदा उनी फिल्मको प्रमोसनमा पनि त्यति नै व्यस्त छिन्।

फिल्ममा उनले बाजुराकी ‘पुष्पा’को भूमिका निर्वाह गरेकी छन्। नाकमा बुलाकी, गलामा पोते, निधारमा टीका, फाटेको चोलो, हातमा चुरा लगाएर उनी बाजुरेली गेटअपमा देखिएकी छन्।

यही बेला उनी एक फेसन सोमा पनि सहभागी भएकी छन्। त्यो पनि नेपालमा होइन, अस्ट्रेलियामा फेसन सोमा उनी मिन्ट ब्लु र सेतो रङको पहिरनमा सजिएकी छन्।

फेसन डिजाइनर युबी थापाको फेसन सो ‘युबी थापा फर द बुटिक’ मा उनी ‘सोजटपर’ बनेकी हुन्। सो जेठ ९ मा अस्ट्रेलियाको एडिलेडमा भएको थियो।

युबी नेपालका सेलिब्रिटी फेसन डिजाइनकार रूपमा चिनिन्छन्। ‘युबी थापा’ नामक आफ्नै ब्रान्ड रहेका उनले ‘ए मेरो हजुर ३’, ‘इन्टु मिन्टु लन्डनमा’ ‘वीरविक्रम’, ‘प्रेम गीत’, ‘क्रृ’, ‘ब्रेकअप’लगायत फिल्मका लागि ड्रेस डिजाइन गरेका छन्।

फेसन सोमा उनले डिजाइन गरेको पहिरन लगाएर मोडलहरू र्‍याम्पमा हिँडेका थिए। अस्ट्रेलियामा यो उनको दोस्रो फेसन सो हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय