मिस युनिभर्स नेपाल २०२० अंशिका शर्मालाई वाउ म्यागाजिनको जनवरी महिनाको संस्करणको कभर पेजमा देख्न पाइएको छ । वाउ म्यागाजिनको यस पटकको संस्करणले मिस युनिभर्स नेपाल अंशिकाको बोल्ड, स्टाइलिस एवं ग्ल्यामरस छविलाई आकर्षक ढंगबाट प्रस्तुत गरेको छ । तस्वीरहरुमा अंशिका काव्या बुटिकका मनमोहक पहिरनहरुमा सजिएको देख्न सकिन्छ । 
अपाला ज्वेल्सको गरगहनामा थप आकर्षक देखिएकी अंशिकाको फोटोशुट काठमाडौं मेरियट होटलमा गरिएको हो भने फोटोशुटको कन्सेप्ट र संयोजन अंकिता जैनले गरेकी हुन् । अंशिकाको स्टाइलिङमा अविनाश श्रेष्ठको भूमिका रहेको छ भने श्रृङ्गार सकिल कुँवरले गरेका हुन् । तस्वीरहरुलाई फोटोग्राफर सुजन श्रेष्ठले कैद गरेका हुन् ।
तस्वीरहरु ः wownepal.com.np


