Monday 31 August 2026 / मंगलवार, १६ भाद्र २०८३

द फेसन एराको ब्यानरमा संचालन भएको लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस् २०२२ नामक स्कूल अध्ययनरत बालबालिका सम्बन्धीत प्रतियोगितामा सिनियर ग्रुप तर्फ ईशानी पोड्डारले विजेताको ताज पहिरिन सफल भएकी छिन् भने जुनियर तर्फ सुरभी शाक्यले विजेताको ताज पहिरिएकी छिन् । प्रतियोगितामा जुलियाना खत्री र श्राव्य श्रेष्ठ फस्ट रनर्स अप सुव्रन खड्का र दक्षिणा शर्मा सेकेन्ड रनर्स अपका रुपमा चयन भएका थिए । अर्गनाइजर च्वाइस विधामा भने आर्शिया कार्की र आयश कठायत विजेता चयन भएका थिए ।

राजधानी शहरको बत्तीसपुतली स्थित अनुपम फूड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न प्रतियोगिताको कोरियोग्राफी सुशान्त काजी श्रेष्ठले गरेका हुन् । आयोजकका अनुसार प्रतियोगिताको विजेताले थाइल्याण्डमा संचालन हुने किड्स स्टार इन्टरनेसनल २०२२ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय