Wednesday 19 August 2026 / बिहीबार, ४ भाद्र २०८३

३० असार,
नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

वाइसिएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को क बमोजिम गभर्नर कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ तर अधिकारी नेकपा९एमाले०को अर्थ तथा योजना विभागको सदस्यका रुपमा एक अधिकारीका रुपमा रहको पाइएको वाइसिएलको उजुरीमा उल्लेख छ ।

गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर तह बराबरको शैक्षिक योग्यता हुनुपर्नेमा अधिकारीले स्नातक मात्रै उत्तीर्ण गरेको पाइएको वाइसियलको आरोप छ ।
कुनै पनि दलमा संलग्न व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था भए पनि उहाँ एम अधिकारीका रुपमा एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएकाले कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको वाइसिएलका संयोजक देवकोटाले जानकारी दिनुभयो ।

बुधबार मात्रै वाइसिएल र अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सङ्घीय संसद्मा समेत यो विषयले प्रवेश पाएको छ ।
आज मात्रै राष्ट्रियसभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले गभर्नर अधिकारीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय