Sunday 30 August 2026 / आईतवार, १४ भाद्र २०८३

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मिस टिन हिमालय नेपाल २०२२ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा आफ्नो ३६ प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्न सफल भए संगै एन्जल चन्दले पहिलो संस्करणको मिस टिन हिमालय नेपालको ताज पहिरन सफल भइन् । विजेता भएसंगै एन्जलले नयाँ स्कुटर पुरस्कारका रुपमा प्राप्त गरिन् । एन्जलले प्रतियोगितामा वेष्ट स्पिकरको अवार्ड पनि हात पार्न सफल भइन् । प्रतियोगितामा सरस्वती विश्वकर्मा फस्ट रनर्स अप तथा प्रकृति श्रेष्ठ सेकेन्ड रनर्स अपका रुपमा छनौट भएका थिए । सरस्वतीले मिस ¥याम्प वाक र वेष्ट इन इभिनिङ गाउनको अवार्ड पनि जितिन् भने प्रकृतिले वेष्ट इन्ट्रोडक्सन भिडियो र वेष्ट स्माइल पनि जित्न सफल भइन् ।
कथा इभेन्ट्सको ब्यानरमा आयोजना भएको सो प्रतियोगितामा आईइसी स्कुल अफ आर्ट एण्ड फेसन, लोकन्थलीका विद्यार्थी डिजाइनरले तयार पारेका पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगिताको स्वागत नृत्यलाई छवि मगरले निर्देशन गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी र संचालन फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय