Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको फेसन फ्युजन आइकन २०२२ मा समिरा शाही विजेताका रुपमा छनौट भएकी छिन् । उनले मिस एक्युटको अवार्ड पनि आफ्नो नाममा पारेकी थिइन् । प्रतियोगितामा पर्सनालिटी अवार्ड सहित कृपा तण्डुकार फस्ट रनर्स अप तथा डिसिप्लीन र वेष्ट अटाएर अवार्ड सहित अंकिता क्षेत्री सेकेन्ड रनर्स अपका रुपमा चयन भएकी थिइन् । काराओके इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना गरिएको सो प्रतियोगितामा मिरा घिसिङले ट्यालेन्ट र फोटोजेनिक विधाको अवार्ड आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् भने अर्चना तामाङ मिस स्मार्ट र आश्रृका लामा मिस क्याटवाकका रुपमा पुरस्कृत भएका थिए । उक्त कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका केन्दि«य अध्यक्ष केशर बहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय