राजधानी शहरको जमलस्थित साँस्कृतिक संस्थानमा संचालन भएको मिस लिटिल आइडल २०२२ फाइनल प्रतिस्पर्धामा आफ्ना ६४ जना प्रतिस्पर्धी भन्दा आफूलाई अब्बल प्रमाणित गरेर युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले प्रतियोगिताको शीर्ष उपाधिको ताज पहिरिन् सफल भएकी छिन् । आयुसीले शीर्ष उपाधिसहित ३० हजार रुपैयाँ पुरस्कार एवं ब्याब्सन काठमाडौंको तर्फबाट एकवर्षको छात्रावृत्ति प्राप्त गरेकी छन् । सो प्रतियोगितामा बागमती बोर्डिङ हाईस्कुल सुकेधाराकी प्रश्मी रत्न फस्ट रनर्स अप, नेशनल ब्लुमिङ फ्लावर एकेडेमी बुढानिलकण्डकी विहानी गुरुङ मिस लिडरसिप अवार्ड सहित सेकेन्ड रनर्स अप छनौट भएका थिए । प्रश्मीले २० हजार रुपैयाँ र विहानीले १० हजार रुपैयाँसहित दुवैजनाले एक एक वर्षको छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा सम्पन्न भएको सो प्रतियोगितात्मक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगिताका सहभागिहरु आईआईएफटीका फेसन डिजाइनरहरुले तयार पारेको पहिरनमा सजिएर प्रतिस्पर्धाको मैदानमा आकर्षक रुपमा देखिएका थिए । प्रतियोगितामा १० हजार रुपैयाँ पुरस्कारसहित नेपाल सेन्ट्रल हाइस्कुल नरेफाँटकी सगुन महर्जन मिस ट्यालेन्ट, इलिक्जर एकेडेमी कुमारीगालकी सम्पदा महतो मिस कन्फिडेन्ट, ग्रामर पब्लिक स्कुल काटेश्वरकी सिर्जा शाह मिस डाइनामिकका चयन भएका थिए । त्यसैगरी मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारकी आश्का भण्डारी मिस पर्सनालिटी, क्याम्ब्रिज पब्लिक हाईस्कुल पुरानो वानेश्वरकी अभिलाशा श्रेष्ठ मिस फोटोजेनिक, इडेन ब्रिज एकेडेमी धापासीकी करुना थुलुङ राई मिस फ्रेण्डसिप र केएमसी स्कुल बुद्धनगरकी प्रिन्सु शर्मा मिस इन्ट¥याक्टिभ हुन सफल भए ।
राजधानीका विभिन्न विद्यालयबाट आएका ६५ जना प्रतियोगीहरुलाई उनीहरुको दक्षता र प्रतिभाअनुसार आर्ट एक्सेलेन्स अवार्ड, सिंगिङ एक्सेलेन्स अवार्ड, डान्सिङ एक्सेलेन्स अवार्ड, इन्ट्रुमेन्ट प्लेइङ एक्सेलेन्स अवार्ड, पब्लिक स्पिकिङ एक्सेलेन्स अवार्डलगायत विभिन्न अवार्डबाट सम्मान गरिएको थियो । प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय प्याब्सन एवं प्याब्सन काठमाडौंका पदाधिकारीहरुले विजेता एवं सहभागीहरुलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।प्रतियोगितामा प्राज्ञ प्रदीप बोमजन, डीआईजी भीम ढकाल, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रियारानी लामा, अभिनेत्री उषा रजक, मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ र नेपाल एड्मिनिस्ट्रेटिभ स्टाफ कलेजका डेपुटी डारेक्टर शिव अधिकारी निर्णायकका रुपमा रहेका थिए ।


