यही सेप्टेम्बर महिनाको दोस्रो सातामा मलेशियामा संचानल हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, मिस एशिया ग्लोबल २०२२ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन्, एन्की सेट्ठीले । अन्जलीको नामबाट पनि चिनिने एन्कीले मिस एशिया ग्लोबलका लागि नेपालको आधिकारिक संस्था ईभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रा.लि.ले मिस एशिया ग्लोबल नेपाल २०२२ का रुपमा चयन गरेपछि सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । पाँच फिट पाँच इन्च उँचाईकीले विश्वका पचास भन्दा बढी मुलुकका सुन्दरीहरुसित प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
मिस एशिया ग्लोबल २०२२ मा सहभागिता जनाउनु पूर्व एन्की हाल प्रतियोगिताको तयारीमा जुटेकी छिन् । अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिताबारे अभिमुखिकीरण र सो सम्बन्धीत प्रशिक्षण कार्यलाई संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरिरहेका छन् । सेल्फ मेकअपमा मेकअप दरबारले प्रशिक्षण प्रदान गरेको छ । यसैगरी सो प्रतियोगिताका लागि एन्की वार्डरोब फेसन डिजाइनर सनम प्रजापतिले तयार पारेका छन् भने फोटोसुट मोमेन्टो स्टुडियोबाट सम्पन्न भएको छ ।
मिस एशिया ग्लोबल २०२२ यही सेप्टेम्बर ८ देखि १८ सम्म संचालन हुँदैछ भने प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सेप्टेम्बर १८मा मलेशियाको पेनाङस्थित सेटिया स्पाइस कन्भेन्सन सेन्टरमा सम्पन्न हुनेछ । प्रतियोगिता हाउस अफ पेगासस् अन्तर्गत संचालन हुनेछ । प्रतियोगिता बौद्धिक सुन्दरीको खोजी गर्ने उद्देश्यले आयोजना हुन लागेको हो ।


