Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं ११ पौष । चलचित्र निर्देशनमा डेव्यु १५ बर्षका राजेन्द्र साने निर्देशित चलचित्र ‘स्वागतम् माई दिलपुर’ को ‘बोल्दीन जेपिटी’ बोलको सांगीतिक कोशेली सार्वजनिक भएको छ । साईराम पिक्चर्सको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा जयकिशन वस्नेत, अनिला रायमाझी, दिपा सिङ्ग ठकुरी लगायतका कलाकार रहेका छन् ।
कमल घले र लक्ष्मी स्याङ्तानको स्वर, दिनेश सुवेदीको शब्द रहेको गीतको संगीत सन्तोष प्रगाडले भरेका हुन् । राजन महर्जनको कोरियोग्राफर अनि देव मर्जनको व्दन्द निर्देशन, तारा थापाको सम्पादन रहेको चलचित्र निकट भबिस्य मै सिनेमा घर राम्रोसंग खुले लगतै प्रदर्शनमा आउने तयारी भैरहेको चलचित्र ‘स्वागतम् माई दिलपुर’ का कथा, परिकल्पना राजबहादुर सानेको रहेको छ भने प्रस्तुतकर्ता सौर्याल थापा र निर्मातामा रमेश वनगोसाई, कुमार केसी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय