टिनएजर युवतीहरुमा केन्दि«त साँस्कृतिक सौन्दर्य प्रतियोगिता, मिस टिन कल्चर २०२२ सम्पन्न भएको छ । साँस्कृतिक सचेतना र आत्मविश्वासको अभिवृद्धि तथा समग्र व्यक्तित्वको विकासका केन्दि«त सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धा जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको थियो । प्रतियोगितामा करुणा न्यौपानेले पर्सनालिटी अवार्ड सहित विजेताको ताज पहिरिन सफल भएकी छिन् । यसैगरी रितिशा महर्जन फोटोजेनिक अवार्ड सहित फस्ट रनर्स अप र सलिशा साई सेकेन्ड रनर्स अप उपाधि जितेकी छिन् । साइसा इनोसेन्ट र पब्लिक च्वाइस तर्फको विजेता पनि बनिन् । 
जिभा इन्कोरपरेटेडको सहकार्यमा युहान इन्टरनेसनल इभेन्ट्सले आयोजना गरेको सो प्रतियोगितामा अमिशा कार्की भ्युअर च्वाइस र वेष्ट वाक, एलिना खवास ट्यालेन्ट , कान्ति अधिकारी म्यानेज्मेन्ट च्वाइस, सोनिका खड्का वेष्ट ड्रेस, अन्जना बुढा वेष्ट स्माइल, सुधा तामाङ कन्जिनियालिटी तथा रेबिका डिमडुङ कन्फिडेन्ट अवार्डमा विजेता चयन भएका थिए । प्रतियोगिताको कोरियोग्राफी र संचालन रोजिन शाक्यले गरेका हुन् ।


