नृत्य, गीत संगीत, म्युजिक भिडियो तथा चलचित्र निर्माण देखि सौन्दर्य प्रतियोगिता सम्मको आयोजनामा आफूलाई विस्तारित गर्दै आएको आर.के. इन्टरटेन्मेन्ट ग्रुपले आफ्नो स्थापनाको २० औं वार्षिक उत्सवलाई भव्यतापूर्वक मनाएको छ । भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा प्रस्तुत गरिएको सो कार्यक्रममा आ आफ्नो क्षेत्रबाट समाज र राष्ट्रलाई पु¥याएको योगदानलाई कदर गर्दै आफ्नो व्यवसायिक जीवनमा लामो समयदेखि सक्रिय रही महत्वपूर्ण उपलब्धी हासिल गरेका विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरुलाई राष्ट्रिय सम्मानबाट सम्मानीत गरेको हो । 

उक्त सम्मानबाट दुई दर्जन बढी व्यक्तित्वहरु सम्मानीत भएका थिए । सम्मानीत हुनेहरुमा वरिष्ठ अभिनेता एवं निर्देशक नीर शाह, वरिष्ठ चिकित्सक एवं स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल, नेपाल विद्युत प्राधिकरण पूर्व महाप्रबन्धक कुलमान घिसिङ, पर्यटन व्यवसायिक एवं समाजसेवी किसन सिंह, व्यवसायी एवं समाजसेवी राजु श्रेष्ठ, चलचित्रकर्मी मीन सागर लामा, समाजसेवी प्रकाश कुँवर, कराँते खेलाडी आर्यन रञ्जीतकार, फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य लगायतका रहेका छन् । 
सम्मानीतहरु कार्यक्रममा प्रमुख अतिथि सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङ, महानायक राजेश हमाल तथा मिस ग्राण्ड नेपाल २०१८ उरुशा जोशीबाट सम्मानीत भएका थिए ।
यसैगरी कार्यक्रममा फेसन डिजाइनरद्धय प्रेम शंकर देव र नविन लुईंटेल, निरु श्रेष्ठ, जगदीश अधिकारी, उत्सव सुब्बा लामा, दिलिप श्रेष्ठ, जेनिशा बोहरा लगायतका दुई दर्जन बढी व्यक्तिलाई विशेष सम्मान गरिएको थियो भने आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको अनलाइन गायन प्रतियोगिता ग्राण्ड सिगिङ आइडल तथा अनलाइन नृत्य प्रतियोगिता साल यु डान्सका विजेता उपविजेताहरुलाई ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।



