Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौँ, १७ कार्तिक ।
नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङले कोही पनि मान्छे भोकै र नाङ्गै बस्नुपर्ने अबस्थाको अन्त्य हुन जरुरी रहेको बताउनुभएको छ ।

मानवीय सेवामा समर्पित मानवसेवा आश्रमले नेपथ्य व्याण्डसँगको सहकार्यमा आगामी मंसिर १६ देखि मुलुकका प्रमुख १० शहरमा शुरु गर्न लागेको महिनाव्यापी सांगीतिक यात्रा ९नेपथ्य लाइभ कन्सर्ट०को पूर्वसन्ध्यामा आज आश्रमको काठमाडौँ शाखा रानीवनमा आयोजित एक समारोहमा वरिष्ठ गायक गुरुङले मानवीय सेवाका लागि आफू सम्पर्कसेतु भएर काम गर्न तयार रहेको बताउनुभएको छ ।

“हामी एउटै अनुरोध गर्न सकौँ की कुनै पनि मान्छे भोकै सुत्न नपरोस्, कुनै पनि मान्छे नाङ्गै हिँड्न नपरोस्”, उहाँले भन्नुभयो । मानवसेवा आश्रममा संरक्षित बेसहाराहरुको भोजन सेवामा सरिक हुँदै उहाँले आफू त्यसका लागि निमित्त वा सेतु भएको तर आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने जिकिर गर्नुभयो ।

“काठमाडौँ उपत्यकामा ३५/४० लाख मान्छे बस्छन् होला तर ३५ जना मान्छे यो किसिमको भावना र सेवाका निम्ति आउन गाह्रो पर्ने ठाउँ हो, आश्रमले जुन तरिकाले काम गरिरहेको छ यहाँहरुलाई नमन छ, यहाँहरुको उद्देश्यलाई हामी होस्टेमा हैंँसे गर्दै जाने प्रयास गर्नेछौँ”, गायक गुरुङले थप्नुभयो ।

उहाँले आश्रमले देखाएको बाटोमा आफूहरु हिंड्न कोशिष गर्ने प्रतिबद्धता जनाउनुभयो । मानवीय कार्य अघि बढाएकोमा आश्रमलाई धन्यवाद दिँदै गायक गुरुङले आश्रित बेसहाराहरुतर्फ फर्किएर भन्नुभयो, “छिट्टै हामी मिलेर सांगीतिक कार्यक्रम गर्दैछौँ, हामीहरुलाई आशिर्वादको धेरै आवश्यकता छ, हामीलाई आशिष दिनुहोस्, तपाईहरुका निम्ति हामी अरु धेरै काम गर्न सकौँ ।”

उक्त समारोहमा मंसिर १६ देखि पुस १६ सम्म मुलुकका १० शहरमा हुने कन्सर्टको संयोजन गर्ने नेपालयका कार्यक्रम संयोजक अर्पण शर्माले मानवसेवा आश्रमको अभियानमा आफ्नो साथ सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आश्रमका प्रमुख संरक्षक संस्कृतिविद् डा गोविन्द टण्डनले सांगीतिक माध्यामबाट विभिन्न सामाजिक अभियानमा लाग्नुभएका वरिष्ठ गायम अमृत गृरुङले मानवसेवा आश्रममै आएर सेवालाई प्रत्यक्ष अवलोकन गरी सेवाको अनुभूत गरेकामा खुसी व्यक्त गर्नुभयो ।

“अरुले भनेका भरमा केही कुराको अनुमान गर्न सकिन्न, आफ्नै आँखाले देखे मात्रै त्यो अनुभव लिन सकिन्छ आज उहाँले त्यही गर्नुभएको छ, अब मानवसेवाको यात्राले अझै उचाइ लिनेछ ”, डा टण्डनले बताउनुभयो ।

मानवसेवा आश्रमले मानवताका लागि अभियान चलाउँदै आएको र यो साँगीतिक कार्यक्रमले मानवता प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राज्यले गर्नुपर्ने काम आफ्नो कर्तव्य सम्झिएर आश्रमले वेसहाराहरुलाई उद्धार गरी संरक्षण गर्दै आएको जानकारी गराउँदै कोही पनि मानिस सडकमा आश्रित हुन नपरोस भनेर अभियान अघि बढाउँदै आएको जानकारी दिनुभयो । डा टण्डनले उक्त सुकर्ममा सबैको साथ रहोस् भनी कामना गर्नुभयो । उक्त पवित्र कार्यमा जुन किसिमले सहयोग गर्न सकिन्छ, त्यो किसिमको सहयोग गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

मानवसेवा आश्रमको निर्माणाधीन भवनहरु सम्पन्न गर्न र आश्रमको सेवालाई चुस्त बनाउने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषका लागि आश्रमले नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो ।

उक्त नेपथ्य लाइभ कन्सर्ट विराटनगरमा मङ्सिर १६ गतेबाट शुरु भइ काठमाडौँमा पुस १६ गते समापन हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कार्यक्रम गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ ९रामनगर० मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय