Wednesday 19 August 2026 / बिहीबार, ४ भाद्र २०८३

अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ।

कोभिड – १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीहरु अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको ट्राभल्स शो मा सहभागी भएका छन ।

विश्व कै आर्थिक राजधानी र संसार का सबैभन्दा धेरै पर्यटक आउने शहर मा भएको न्युयोर्क अन्तर्राष्ट्रिय ट्राभल शो मा नेपाल को लागि आधिकारिक कम्पनी ट्राभल ब्युरो अफ नेपाल सँगको सहकार्यमा भएको कायक्रममा नेपालका विभिन्न कम्पनीहरूले सहभागिता जनाएका थिए।

उक्त ट्राभल्स शोमा नेपाल को पशुपति मन्दिर र स्वयंभू को स्तुपा संगै बिभिन्न जातजातिका सांस्कृतिक भेषभुषा, कुमारी नृत्य, नेपाली लोक भाका का सांस्कृतिक नृत्य, हिमाल आरोहणका समय प्रयोग गरिने सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।
उक्त ट्राभल शो को संयोजक नेपाल पर्यटन बोर्डका अमेरिका का लागि पर्यटन दूत प्रदिप श्रेष्ठले गरेका थिए .

उक्त शो मा विभिन्न देश का १२० भन्दा धेरै कम्पनी हरु सहभागी भएका थिए । हरेक बर्ष अक्टोबर महिना मा हुने उक्त शो को आयोजक ले नेपाल को लागि आधिकारिक एजेन्ट मा ट्राभल ब्युरो अफ नेपाल लाई नियुक्त गरेको उक्त कम्पनी का सिईओ साथै पर्यटन दुत प्रदिप श्रेष्ठ ले जानकारी दिएका थिए ।

न्युयोर्क मा नै आगामी जनवरी २८-२९ , २०२३ मा ट्राभल एण्ड एडभेन्चर शो आयोजना गरिएको छ , उक्त शो को आयोजक कम्पनी ले पनि ट्राभल ब्युरो अफ नेपाल लाई नै नेपाल को लागि आधिकारिक एजेन्ट नियुक्त गरेको पर्यटन दुत श्रेष्ठ ले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय