फिलिपिन्समा सम्पन्न भएको २२ र्औ संस्करणको मिस अर्थ प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएकी मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठलाई प्रतियोगिताको स्पेशल अवार्ड विधा अन्तर्गतको वेष्ट ईको भिडियोको अवार्ड प्राप्त भएको छ । सरिशाले कन्टिनेन्टल ग्रुप अन्तर्गत एशिया ओशियाना क्षेत्रबाट वेष्ट ईको भिडियो अवार्ड जित्न सफल भएकी हुन् । सरिशाले जितेको उक्त ईको भिडियोमा नेपालको वातावरणीय चुनौति, हिमाल पग्लिएको प्रसंग, अव्यवस्थित शहरीकरण, फोहोरमैलाको समस्या लगायतका कुरालाई गम्भीरता पूर्वक प्रस्तुत गरेकी छिन् ।
https://www.youtube.com/watch?v=hrmVrY4QnJ4
नेपाल लगायत विश्वका ८० भन्दा बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको सो प्रतिस्पर्धामा कोरियाकी मिना सु चोईले मिस अर्थ २०२२ को ताज पहिरिएकी हुन् । उनी मिस अर्थको उपाधि जित्ने पहिलो कोरियाली बनेकी छिन् । प्रतियोगितामा अष्ट्रेलियाकी शेरिडान मोर्टलकले मिस एयर, प्यालेस्टाइनकी नाडिन अयुबले मिस वाटर तथा कोलम्बीयाकी एन्ड्रीया अग्वीलेराले मिस फायरको उपाधि जित्न सफल भएकी थिइन् ।

प्रतियोगिता फाइनल प्रतिस्पर्धा फिलिपिन्सको मेट्रो मनिलाको पारानाक शहरस्थित ओकाडा मनिलामा सम्पन्न भएको थियो ।


