Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, १९ मंसिर
सामाजिक कथावस्तुमा निर्माण भएको ‘दुई एकान दुई, दुई दुना चार’ बोलको गीत (म्यूजिक भिडियो) सार्वजनिक भएको छ ।

नितान्त समाजसेवामा समर्पित महिलाहरुको कथामा आधारित रहेको लोकलयको उक्त म्युजिक भिडियोमा गायिका विष्णुमाया पौडेल र गायक डिजराज पौडेलले स्वर दिनुभएको छ । यसअघि गायिका पौडेलका आधा दर्जन गीतहरु बजारमा आइसकेको छ । उक्त गीत ओएसआर डिजिटलले बजारमा ल्याएको हो ।

सहारा महिला समाजको प्रस्तुति रहेको गीतका निर्माता आरवी केसीले जानकारी दिनुभयो । गीतको कथा तथा कन्सेप्ट निर्माता केसीकै रहेको छ । सहारा महिला समाज २० वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था हो ।

सामाजिक कार्यमा जोडिएर जीवन समर्पित गरेका महिला दिदी बहिनीहरुको कथा गीतमा समावेश गरेर फरक प्रस्तुति दिन खोजिएको गायिका पौडेलले बताउनुभयो ।

मुख्यत: पूर्व राज्यमन्त्री एबं वरिष्ठ साहित्यकार भद्रकुमारी घलेको जीवन कहानीबाट प्रेरित भएर उक्त म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा समाजसेवी घलेको समेत अभिनय रहेको छ ।

गीतको शब्द संगीत स्वयं गायक पौडेलको छ । पिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको निर्देशन कपिल कार्कीले गरेका छन् भने अर्जुन सिलवालको नृत्य निर्देशन रहेको छ ।

चर्तिक मोडल अञ्जली अधिकारी र सुधिर श्रेष्ठको मोडलिङ रहेको गीतले समाजसेवीको जीवन कथालाई जीवन्त रुपमा देखाउने प्रयास गरेको छ ।

छायांकन र सम्पादन बालकुमार मगरले गरेका छन् भने भिडियोको निर्देशन कपिल कार्र्कीले गरेका छन् । म्युजिक भिडियोमा वरिष्ठ समाजसेवी भद्रकुमारी घले, अन्जली अधिकारी, सुधीर श्रेष्ठ, लोमस शर्मा, विष्णुमाया पौडेल, घनश्याम र आशिका बस्नेतलगायतको अभिनय रहेको छ । यस कथाको यो पहिलो भाग रहेको र गीतको दोस्रो भागमा बाँकी कथा जोडिने जनाइएको छ ।

(1093) DUI EKAN DUI – Anjali Adhikari, Sudhir Shrestha | Dij Raj Paudyal, Bishnu Maya Poudel | Nepali Song – YouTube

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय