Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा संचालन भएको मिष्टर एण्ड मिस टिन शेर्पाको तेस्रो संस्करणको उपाधिमा युगेन शेर्पा र डोल्मा छिरिङ शेर्पाले आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । विजेता दुवै जनाले जनही २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा दावा जाङ्बु शेर्पा र डोल्मा शेर्पा फस्ट रनर अप तथा गौतम शेर्पा र मिङ्मा शेर्पाले सेकेन्ड रनर अपको उपाधि जितेका छन् । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमलाई गौतम बुद्ध फिल्मस् प्रा.लि.ले आयोजना गरेको हो भने सहभागिहरु आईआईएफटीका फेसन डिजाइनरहरुले तयार पारेका पहिरनमा सजिएर प्रतिस्पर्धाको मैदान उत्रेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय