Saturday 10 October 2026 / शनिबार, २४ आश्विन २०८३

काठमाडौं । ‘चुरीफुरी’ फिल्ममा को–को छन् त हिरो–हिरोइन? त्यो कुरा अन्ततः खुलासा भएको छ ।
हिरोहिरोइन गोप्य राखेर पुस अन्तिमबाट सुटिङ थालीएको फिल्मबाटचर्चित युवा मोडल अभिषेक श्रेष्ठले ठूलो पर्दामा डेब्यु गरेका छन् । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा अभिषेकका साथमा नवप्रतिभाहरु–पूजा पन्त,सोना बज्राचार्य,रिन्जिन गुरुङ र राजीवजंग बस्नेतअहम् भूमिकामा रहेको खबर बाहिरिएको छ ।

समसामयिक बिषयमा हास्य प्रदान प्रस्तुति रहेको फिल्ममानयाँ युवायुवतीका साथमाफिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरु–रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,सुनीता श्रेष्ठ तथा ऋतु आचार्य,लक्ष्मी ढकाल,राजेन्द्र खाती, मनिल तामाङ,महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ,रश्मी आचार्य,सरिस्मा मगरलगायतले अभिनय गरेका छन् ।

नयाँ कलाकारहरु अडिसनबाट चयन गरिएको निर्देशक आचार्यले बताएका छन् । उनका अनुसार ‘चुरीफुरी’ को अडिसनमा करिब ८ सय युवायुवतीले प्रतिस्पर्धा गरेका थिए । आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती र शिब थापा छन् ।

राहुल राईले खिचेको फिल्ममा भिमफेदी गाइजको कोरियोग्राफी,बिजयआचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ । नवीन निरौलाले सम्पादन गर्ने फिल्मको सुटिङ अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय