राजधानी शहर काठमाडौं तथा मोफसलका विभिन्न क्षेत्रलाई समेट्दै फेसन, मोडलिङ र पेजेन्टसित प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न विधाका प्रोफेसनल व्यक्तित्वलाई सम्मान तथा उदाउँदै गरेका व्यक्तिलाई पुरस्कार प्रदान गर्दै स्टेला प्रोफसेनल पेजेन्ट नेपाल इन्टरनेसनल फेसन एण्ड मोडल अवार्ड भव्यता पूर्वक सम्पन्न भएको छ । राजधानी शहरको सोल्टीमोड स्थित तारे होटल हायात प्लेसमा संचालन भएको सो कार्यक्रममा मोडलिङ, फेसन, पेजेन्ट, मेकअप र अन्य विधा गरी सय भन्दा बढीलाई यस पटको अवार्ड कार्यक्रममा सम्मान पुरस्कार प्रदान गरिएको थियो । 
पेजेन्ट नेपाल इन्टरनेसनलका लागि दिक्पाल कार्की, टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्मस्का लागि यसराज गराच तथा ब्राइट इभेन्ट म्यानेजमेन्टका लागि राजन बुढाथोकीले संयुक्त रुपमा आयोजना गरेको चौथौं संस्करणको यस पटक अवार्ड कार्यक्रममा विशेष सम्मान विधामा अग्रज मोडल एवं कोरियोग्राफर प्रशान्त ताम्राकारलाई एभरग्रीन लिजेन्ड्री फेसन आइकन, संचारकर्मी नरेश भट्टराईलाई आइकोनिक टि.भि.व्यक्तित्व, मिस नेपाल २०११लाई आइकोनिक मिस नेपाल, अभिनेता सलोन बस्नेतलाई युथ सिने मेल फेसन आइकन, अभिनेत्री पूर्जा शर्मालाई युथ सिने फिमेल फेसन आइकन, धीरज तण्डुकारलाई उत्कृष्ट नेसनल डाइरेक्टर सम्मान प्रदान गरिएको थियो । 
यसैगरी अभिनेता रोहित रुम्बालाई डायनामिक सिने अभिनेता, रुष्का श्रेष्ठ वैद्यलाई लिजेन्ड्री मेकअप आर्टिष्ट, नेपालको पहिलो महिला रेस्लर भगवती खड्कालाई स्पोर्टस् आइकन, बिना श्रेष्ठलाई प्रभावशाली टिभि व्यक्तित्व, ग्लोबल अनलाइन पेलाई उत्कृष्ट अनलाइन भोटिङ कम्पनी सम्मानबाट सम्मानीत गरिएको थियो । प्रतिस्पर्धी विधा अन्तर्गत कृष्ण श्रेष्ठ रोबेनले उत्कृष्ट कार्यक्रम आयोजकको अवार्ड उचाले भने उनैको एभरेष्ट इभेन्ट्स उत्कृष्ट इभेन्ट कम्पनीको अवार्ड जित्न सफल भयो । 
उत्कृष्ट महिला फेसन कोरियोग्राफर तर्फ सुगन्धा अधिकारी विजेता घोषित गरियो भने उत्कृष्ट पुरुष फेसन कोरियोग्राफर तर्फ आर्शु महर्जन विजेता चयन भए । उत्कृष्ट सेलिबे्रटी फेसन डिजाइनरतर्फ कुसुम श्रेष्ठ र उत्कृष्ट अन्तर्राष्ट्रिय मेकअप आर्टिष्टतर्फ निलम पौडेल, अन्तर्राष्ट्रिय इभेन्ट मेकअप आर्टिष्टका रुपमा शैलजा शाह, उत्कृष्ट फोटोग्राफरका रुपमा ओम लाल अकेला, वेष्ट इन्टरनेसनल मोडलका रुपमा भारतीय मोडल काशिफ नियाजिलाई अवार्ड प्रदान गरिएको थियो ।

फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको संचालनमा सम्पन्न भएको सो भव्य कार्यक्रममा फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक मिलन चाम्स, अभिनेताद्वय गजित विष्ट, प्रदिप बाँस्तोला, फेसन कोरियोग्राफर हिमानी सुब्बा, इभेन्ट निर्देशक कोमलनाथ खतिवडा, अभिनेता दिर्पशण जंग राणा, स्टेला प्रोफेसनलका एमडी प्रदीप छावडा, गायक युवराज चौलागाईं, चलचित्र गुञ्जनको निर्माण युनिट लगायतको विशेष आतिथ्य रहेको थियो ।
।


