Friday 17 July 2026 / शनिबार, २ श्रावण २०८३

काठमाडाैं । सत्ता गठबन्धनमा सहभागी भएका दलहरूको आज बसेको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार तीन वटा प्रदेशमा नेकपा (एमाले)ले मात्रै सरकार सञ्चालन गर्ने भएको छ । एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने भएको हो ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । यसैगरी बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले र माअ‍ोवादीले आलोपालो गरी पाउने भएको छ ।

मधेस प्रदेशमा भने जनता समाजवादी पाटी र जनमत पार्टीले आलोपालो गरी नेतृत्व गर्ने भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकमा सत्ता साझेदारी दलका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय