राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको पहिलो संस्करणको मिसेस् नेपाल युनिभर्स २०२३ को उपाधिमा विनिता गुरुङले आफ्नो नाम लेखाउन सफल भएकी छिन् । प्रतियोगितामा विनिताले ट्यालेन्ट, फोटोजेनिक तथा वेष्ट वाक विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाइन् । प्रतियोगिता अन्तर्गत सुनि सिंह फस्ट रनर अप घोषित भइन् । उनले पब्लिक च्वाइस र कन्फिडेन्ट विधाको अवार्ड पनि प्राप्त गरिन् । सेकेन्ड रनर अप तर्फ भने सलोनी श्रेष्ठ बज्राचार्य विजयी भइन् । उनले वेष्ट पर्सनालिटीको तथा म्यानेजमेन्ट च्वाइस विधाको अवार्ड पनि जितिन् ।

युहान इन्टरनेसनल र जिवा इन्करपोरेटेडको संयुक्त आयोजनामा संचालन भएको सो प्रतियोगिताको परिकल्पनाकार र निर्देशक सानु खान हुन् भने कार्यक्रमलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफ एवं संचालन गरेका थिए । प्रतियोगितामा भगवती थपलिया इन्टेलिजेन्ट र भिअर्स च्वाइस अवार्ड विजेता बनिन् भने सिता माया थापा मगर इन्थुजियास्टिक, मेरी राई चार्मिङ, बबिता अग्रवाल एलिगेन्ट, अनु कार्की इनोसेन्ट तथा रुपा मुखिया डिसिप्लीन विधामा विजेता छनौट भएका थिए । प्रतियोगिता अन्तर्गत सहभागिहरुको प्रस्तुतिकरणको मुल्यांकन फेसन कोरियोग्राफर एवं इभेन्ट निर्देशक अनुप सक्सेना, मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०१९ दुर्गा विसुराल, संचारकर्मी सृजना दुवाल तथा महिला उद्यमी रेजिना तुलाधर सम्मिलित निर्णायक मण्डलले गरेको थियो ।


