भारतको सिलगुढी स्थित कोर्टयार्ड बाई मेरियोट होटलमा भव्य रुपमा आयोजना गरिएको मिस तामाङ वर्ल्डको दोस्रो संस्करण उपाधि विजेताका रुपमा भारत सिक्किमकी स्नेहा तामाङ चयन भएकी छिन् । शीर्ष उपाधि विजेता भएसंगै चाँदीको क्राउन, नगद पुरस्कार रु पाँच लाख हात पारेकी स्नेहाले प्रतियोगितामा मिस पर्सनालिटीको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् । 
नेपालको विभिन्न स्थानका सात जना, भारतको विभिन्न स्थानबाट नौ जना र भुटानकी एक जना गरी सत्र जना तामाङ सुन्दरीहरु वीचको सो प्रतियोगितामा सिन्धुपाल्चोक नेपालकी नमूना तामाङले मिस तामाङ वर्ल्ड ग्युद, दोलखा नेपालकी गंगा तामाङ ग्याबाकले मिस तामाङ वर्ल्ड कल्चर, भारत दार्जिलिङकी ज्यासमिन लामाले मिस तामाङ वर्ल्ड सोशल वेलफेयर, भारत दार्जिलिङकी सोनम वाङमो तामाङले मिस तामाङ वर्ल्ड एजुकेशन र भारत मिरिककी लाजिम तामाङले मिस तामाङ वर्ल्ड हेल्थको उपाधि चुम्न सफल भए । यी सबै उपाधि विजेताहरुले नगद पुरस्कर रु एक लाख पनि प्राप्त गरेका थिए । 
मिस तामाङ वल्र्ड फाउन्डेशनको आयोजना रहेको सो कार्यक्रमलाई अल इन्डिया तामाङ बुद्धिस्ट एशोसिएसन र सिकिम्म तामाङ बुद्धिस्ट एशोसिएसनले प्रस्तुत गरेको थियो । प्रतियोगिताको कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । प्रतियोगितामा सेमिका लामा पब्लिक च्वाइस, यान्की तामाङ वेष्ट वाक, फुलमाया लामा कन्फिडेन्ट, ज्यास्मिन लामा कन्जिनियालिटी र फोटोजेनिक, गंगा तामाङ ग्याबक ट्यालेन्ट तथा सोनम वाङमो तामाङले वेष्ट नेसनल कस्ट्युमको अवार्ड जित्न सफल भएका थिए ।


