एभरेष्ट इभेन्टस्को ब्यानरमा कृष्ण श्रेष्ठ रोबेनले आयोजना गरेको मिस टिन इन्टरनेसनल नेपाल २०२३को ताज अनमोल शर्माले पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा एञ्जेल मगर फस्ट रनर अप भएकी छिन् भने आरोही बस्नेतले सेकेन्ड रनर अपको उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगिता अन्तर्गतको अर्गनाइजर च्वाइस विधाको अवार्ड समृद्धि क्षेत्रीले जितेकी छिन् भने सिम्रन परियारले ब्राण्ड एम्बेसडरको अवार्ड जितिन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको सो प्रतियोगितात्मक कार्यक्रमलाई आर्शु महर्जन र सुगन्धा अधिकारीले कोरियोग्राफ गरेका हुन् ।


