Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

स्कूल अध्ययनरत बालबालिका केन्दि«त प्रतियोगिता किड्स इन्टरनेसनल नेपाल २०२३ को जुनियर तर्फ शिखा के.सी. विजेता छनौट भएकी छिन् भने सिन्जल श्रेष्ठ फस्ट रनर अप तथा ओसिन तण्डुकार सेकेन्ड रनर अपका रुपमा चयन भएका छन् । प्रतियोगितामा उकेश अधिकारी अर्गनाइजर च्वाइस चयन भएका बेला कैनाज शेखले ब्युटी विथ ब्रेनको अवार्ड जित्न सफल भए । यसैगरी शमिष्ठा महर्जनले ब्राण्ड एम्बेसडरको अवार्ड जितिन् । प्रतियोगिताको सिनियर तर्फ आर्या पौडेल विजेता, अधिश खतिवडा फस्ट रनर तथा सन्ध्या रिजाल सेकेन्ड रनर अप छानिएका थिए । साइना राई भने अर्गनाइजर च्वाइस विधामा विजेता बनिन् । प्रतियोगिता अन्तर्गत शेर्शाङ शेर्पा लिटिल प्रिन्स र रायना सापकोटा लिटिल प्रिन्सेस्का रुपमा चयन गरिएका थिए ।
एभरेष्ट इभेन्टस्ले आयोजना गरेको यो प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको थियो भने प्रतियोगिताको कोरियोग्राफी आर्शु महर्जन र सुगन्धा अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय