ललितपुरको ग्वार्कोस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको मिसेस् ग्लोबल नेपाल २०२३ प्रतियोगितामा सोलुखुम्बुकी लक्की शेर्पाले शीर्ष उपाधि जित्न सफल भएकी छिन् । मुख्य उपाधि सहित लक्की शेर्पाले प्रतियोगितामा मोस्ट इन्टेलिजेन्ट, पब्लिक च्वाइस भिडियो अवार्ड तथा मोस्ट पपुलर विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित गरेकी थिइन् । प्रतियोतिगामा भूमिका बुढा मगर फस्ट रनर्स अप तथा चन्द«कला तामाङ सेकेन्ड रनर्स अपका रुपमा चयन भएका थिए । भूमिकाले मोस्ट अट्राक्टिभको अवार्ड जित्दा चन्द«कला मोस्ट कन्फिडेन्ट विधामा उत्कृष्ट ठहरिएकी थिइन् ।
हिमालयन मुभिज् प्रोडक्सन हाउसले आयोजना गरेको सो कार्यक्रमलाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी हुन् । प्रतियोगितामा गीता विक फोटोजेनिक र वेष्ट ड्रेस, ऋतु श्राफ मोस्ट एक्टिभ, सन्जु प्रधान मोस्ट स्मार्ट, उषा कुमारी शाह मोस्ट डिलिजेन्ट अवार्डमा विजेता चयन गरिएका थिए । आयोजक पक्षका अनुसार विवाहित महिलाहरुको क्षमता अभिवृद्धि, प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्य अनुसार सो कार्यक्रमको आयोजना गरिएको हो ।


