Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

विभुती विद्या मन्दिरमा कक्षा ९मा अध्ययनरत सुज्योति डंगोलले मिस लिटिल नेवाः ११४३ को उपाधि जित्न सफल भएकी छिन् । मिस ट्यालेन्टको अवार्ड पनि जितेकी सुज्योतिले विजेताको रुपमा नगद पुरस्कार रु पच्चीस हजार पनि प्राप्त गरिन् । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न भएको यो प्रतियोगितामा पुष्प सदन बोर्डिङ स्कूलको ८ कक्षाकी छात्रा सफिना श्रेष्ठ फस्र्ट रनर्स अप तथा खोप्रिङ इङ्ग्लिस एकेडेमीका ७ कक्षाकी छात्रा गृष्मा राजचल सकेन्ड रनर्सअप बन्न सफल भए । उनीहरुले क्रमशः नगद पुरस्कार रु पन्ध्र हजार तथा दश हजार प्राप्त गरे ।
नेवार समुदायको मौलिक सांस्कृतिक परिवेशसंग नयाँ पुस्ताका नेवार बालिकाहरुलाई साक्षात्कार गरी उनीहरुमा त्यसबारे जानकारी अभिवृद्धि गर्ने मूल उद्देश्य सहित नेप्लीज् फेसन होमको आयोजनामा संचालन हुँदै आएको मिस लिटिल नेवाःको यस पटकको संस्करणमा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लेन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, नीभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप र विमिशा डंगोलले वेष्ट नेपाल भाषाको सबटाइटल उपाधि पाएका छन् । यस्तै, लुन्जला महर्जन बेस्ट ड्रेस र मिस ट्यालेन्टेड फस्ट रनर्सअप, लुमना महर्जन वेष्ट नेपाल भाषा फस्ट रनर्सअप र मिस फ्रेन्डसिप, रुही महर्जन वेस्ट नेपाल भाषा सेकेन्ड रनर्सअप, इच्छा महर्जन मिस कल्चर, सुहिना श्रेष्ठ मिस पब्लिक च्वाईस, प्राज्ना महर्जन मिस पर्सनालिटी र मिस चार्मिङ, मुखु महर्जन वेस्ट हेयर, विपश्वी मानन्धर वेस्ट स्कीन र नुजला सिंह महर्जन मिस इलिजेन्ट उपाधि विजेता भएका छन् ।
कार्यक्रम रोटेरियन, पूर्वप्रमुख इतिहास विभाग एसोसिएटेड प्रोफेसर डा। बिमला शाक्यको सभापतित्व तथा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको कोरियोग्राफी प्रिया तण्डुकार र सलिना महर्जनले गरेका हुन् भने मिस नेवाः ११४१ विजेता कृषा महर्जन कार्यक्रमको मुख्य संयोजकका रुपमा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय