Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

काठमाडौं, एसइइ प्रिन्सेज २०२३ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । सिजन मिडियाद्धारा विगत १४ वर्ष देखि आयोजना गर्दै आइ रहेको उक्त प्रतियोगीताको यो १० औं सस्करण रहेको छ । पहिलो छनौट चरणवाट १६ जना प्रतियोगीहरु छनौट भएका छन ।

यस प्रतियोगितामा सहभागी छात्राहरुले उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने, क्षमता उजागर गर्ने , नेतृत्वदायी क्षमताको विकासलाई सहयोग पुग्ने, उच्च शिक्षा अध्ययनमा सहयोगीको मुख्य भुमिका खेल्ने साथै फुर्सदको समयलाई मनोरन्जनको मार्फत ज्ञान तथा सिप हासिल गर्न सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रमलाई विगत १४ वर्ष देखि निरन्तररुपमा आयोजना गर्दै आइ रहेको हो ।

उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई २०८० साल वैसाख ११ गतेवाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , ¥याम्प सो , शारारिक फिटनेश ,फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर, फोटोग्राफी शिक्षा, फुटसल प्रतियोगीता, सोेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ ।

विभिन्न सामाजिक संस्थाहरुको माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने छ भने विभिन्न कलेजहरुको भ्रमण गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफी रोजीन शाक्यले गर्नु हुनेछ ।

यस कार्यक्रमको लागि व्राण्ड प्रायोजकमा नामी कलेज,मुख्य प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज रहेको छ भने प्रायोजकमा साउथ वेस्टन स्टेट कलेज ,रेडन कलेज, व्रिटिस कलेज आदिको सहयोग रहेको छ ।

२०८० साल जेष्ठ दोस्रो साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रर्धा हुनेछ । प्रतियोगिताका विजेताले “एसईइ प्रिन्सेज २०२३ ) को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति लगायत अन्य गिफ्ट ह्याम्पर पाउने छिन त्यस्तै फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा ५० हजार वरावरको छात्रावृत्ति साथै विभिन्न उपहारहरु पाउनेछन र त्यसैगरि सहभागी प्रतियोगीहरुलाई पनि छात्रावृतिको लागि सहयोगी कलेजहरुमा सहजीकरण गरीने छ । भने यस बाहेक अन्य विभिन्न ११ विधामा पनि विजेता छनौट गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय