Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

जनकपुर धाम- पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन सर्बोच्च अदालतले पुनर्स्थापना गरेको छ ।

प्रधानमन्त्री ओलीले उनको पार्टीद्वारा गरिएको जनसभाहरुमा तोकिएकै मितिमा चुनाव गराउछौँ भनेर दाबी गरिरहेकै बेला सर्बोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ ।

नेकपा ओली समुहका युवा संघका केन्द्रिय सदस्य आनन्द झाले राजनेता केपी ओलीको जुनसुकै परिस्थितिमा साथ नछाड्ने बताएका छन् । केपी ओलीलाई राजनेताको संज्ञा दिदैँ युवाहरूको ढुक्ढुकी र प्रेरणाको स्रोत हुन “केपी बा” भनेर झाले दाबी गर्दै आएका छन् ।

सर्बोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपनी हामी केपी बाको साथ कहिल्यै नछाड्ने प्रतिबद्धता जनाएका थिए । देश र जनताका खातिर केपी ओली सदैव काम गर्नुभएको थियो, गरिराख्नु भएको छ र गरिरहनु हुनेछ झाले दाबी गरेका हुन । प्रधानमन्त्री ओली युवाहरुको मार्गदर्शक हुन् र जनता जुनसुकै परिस्थितिमा उहाँलाई नै रोज्छ्न भनेर ढुक्क हुन अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय