Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

पाटनमा जीवित देवी कुमारीको रुपमा पुजिएकी समिता बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता मिस नेसनल भएसम्मको तस्वीरमा रुपान्तरण गरिएको यात्राको फोटो प्रदशर्नी भएको छ । उक्त तस्वीर प्रदर्शनीमा विक्रम संवत् २०६७ देखि २०७१ सम्म अवधिमा कुमारी घरमा समिताले कुमारीका रुपमा विताएको जीवनको महत्वपूर्ण पक्षहरुलाई तस्वीरहरुमा हेर्न सकिन्छ । पाटन संग्रहालयको प्राङ्गणमा गत वैशाख १२ गते देखि प्रारम्भ भएको उक्त तस्वीर प्रदर्शनी आउँदो १९ गते सम्म संचालन हुने बताइएको छ । प्रदर्शनीमा पाटनकी पुर्व कुमारी समिता बज्राचार्य सम्बन्धीत फोटोपत्रकारद्वय कुवेर डंगोल र नरेन्द« श्रेष्ठद्वारा संग्रहित ४३ वटा तस्वीरहरु राखिएका छन् ।
काराओके इन्टरटेन्मेन्टका लागि खगेश रंजीतकारको सक्रियतामा आयोजना गरिएको सो तस्वीर प्रदर्शनीको उद्घाटन ललित महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले गरेका हुन् । प्रदर्शनीको संयोजन भने फोटो पत्रकार कुवेर डंगोलले गरेका हुन् । उक्त प्रदर्शनीको मुख्य उद्देश्य संस्कृति सम्पदा संरक्षण तथा व्यवस्थापनका साथै धार्मिक सामाजिक र आधुनिक क्रियाकलापलाई सांस्कृतिक पक्षको विशेषता र महत्वसित जोडेर अगाडि लैजाने रहेको आयोजक संस्थाका प्रमुख खगेश रंजीतकारले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय