Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

काठमाडौं स् पल शाह जेलबाट निस्केपछिको पहिलो म्युजिक भिडियो रिलिज भएको छ। लोकप्रिय गीत ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनबाट पल म्युजिक भिडियोमा झन्डै डेढ वर्षपछि कमव्याक भएका हुन्।

फिमेल भर्सनमा लोकप्रिय गायिका अन्नु चौधरीको स्वर छ। शब्द अनि संगीत भने पुष्पन प्रधानको रहेको छ। त्यसो त, मेल भर्सनमा पुष्पनकै स्वर रहेको छ। आफ्नै निर्देशनमा मेल भर्सन बजारमा ल्याएका पलले फिमेल भर्सन पनि निर्देशन गरेका छन्।

एकताका म्युजिक भिडियो किङ भनेर छवि बनाएका पलको नयाँ म्युजिक भिडियोको पर्खाइमा दर्शकहरु कुरेर बसेको थिए। अन्ततः दर्शकको प्रतिक्षाको घडी सकिएको छ। पललाई निर्देशनमा सान थापाले सघाएका छन्।

अर्जुन तिवारीले आकर्षक फ्रेममा भिडियो खिचेका छन्।भने, भिडियो सम्पादन चाहिँ सुप्रीम पराजुलीले गरेका हुन्। पलले आफ्नै युट्युब च्यानलबाट भिडियो रिलिज गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय