Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

राजधानी शहरको दरबारमार्ग स्थित होटल डिला अन्नपुर्णको पभेलियनमा संचालन गरिएको मिष्टर एण्ड मिस नेसनल नेपाल २०२३ को फाइनल प्रतिस्पर्धामा शिशिर वाग्ले र समा पराजुलीले शीर्ष उपाधि जित्न सफल भएका छन् । शीर्ष उपाधि विजेता बने संगै शिशिर र समाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर एण्ड मिस सुप्रानेसनलमा नेपालको तर्फ सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् । प्रतियोगिताम रोशनी चन्दले मिस ग्लोब नेपाल २०२३ उपाधि जिते संगै मिस ग्लोबमा र प्रज्ज्वल ताम्राकारले मिष्टर इन्टरनेसनल नेपाल २०२३को उपाधि जिते संगै मिष्टर इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्न पाउने भएका छन् ।
सनुर्भी इन्टरनेसनल प्रा.लि.को आयोजनामा सम्पन्न सो प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा साइरस विश्वकर्मा र सरोजी न्यौपाने फस्ट रनर अप, मिलन भट्टराई र सम्पदा घिमिरे सेकेन्ड रनर अप तथा अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बु थर्ड रनर अप घोषणा गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय