धुम्बाराहीस्थित दियो ब्याङ्क्वेटमा आयोजना गरिएको किड्स क्यापिटल नेपाल २०२३ नामक बालबालिका सम्बन्धीत बाल सौन्दर्य प्रतियोगितामा जुनियरतर्फ दिप्सन चिलुवाल र इश्लिया गुरुङ तथा सिनियरतर्फ सुहान पुन र मिमिक राना मगरले उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा स्टेफेन आले र सुब्रि बस्नेतले लिटिल प्रिन्स एण्ड लिटिल प्रिन्सेस्को उपाधि जितेका थिए । प्रतियोगितामा केया बि श्रेष्ठले फस्ट रनर अप, छिरिङ डोल्मा शेर्पाले सेकेन्ड रनर अप, इभान्जेलिना आलेले थर्ड रनर अप, इम्प्रेसा तामाङले फोर्थ रनर अप तथा अग्रिम अधिकारीले फिफ्थ रनर अपको उपाधि हात पार्न सफल भएका थिए ।
दिक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रमको आयोजना टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्मस्, पेजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा गरेको थियो ।


