शारारिक अपांगता भएका महिलाहरुमा केन्दि«त व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रतिभा प्रस्फुटन सम्बन्धीत प्रतियोगिता मिसेस् एण्ड मिस डिसएबिलिटी क्वीन नेपाल २०२३ सम्पन्न भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न सो प्रतियोगितामा मिसेस्तर्फ सुर्खेतका नन्दा सुनार मिसेस् डिसएबिलिटी क्वीन नेपाल २०२३ को विजेता बनिन् भने मिस तर्फ कैलालीकी रमिला साउद मिस डिसएबिलिटी क्वीन नेपाल २०२३को रुपमा विजेता चयन भइन् । प्रतियोगितामा गुल्मीकी झरना घिमिरे फस्ट रनर अप तथा स्याङ्जाकी निर्मला खाँड सेकेन्ड रनर अप विजेता चयन भएकी थिइन् । शारारिक अपांगता भएका महिलाहरुको आत्मविश्वास अभिवृद्धि गरी उनीहरुलाई आत्मनिर्भरता र स्वाबलम्बन बन्नमा उर्जा थप्ने हेतुले ग्रीन आर्टस् मिडियाद्वारा आयोजित यो प्रतियोगिताको यसपटकको प्रस्तुति तेस्रो संस्करण हो । अनिला श्रेष्ठको कोरियोग्राफी रहेको यो कार्यक्रमको संयोजन परी परिन्दा श्रेष्ठले गरेकी हुन् ।


